कञ्चनपुर / नदीमा डुबेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
आज (शनिबार) बेलौरी स्थित दोदा नदीमा डुबेर मृत्यु हुनेमा जिल्लाकाे बेलौरी नगरपालिका–४ शान्तिपुर का १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरूकाे नदीमा पौडी खेल्ने क्रममा डुबेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
त्यस्तै घाइते हुनेमा समीर सुवेदी र शिशिर बिष्टको रहेका छन् । घाइते उनीहरूकाे उद्धार गरी बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाे भनाइ छ ।