युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी, वैशाख २२ गते । वैशाखको चर्को घाममा यहाँका ६० भन्दा बढी सामुदायिक वनमा रातदिन आगो दन्किरहेको छ। तुवाँलोले आकाश धुम्म छ। आगो लगाए राम्रो घाँस पलाउँछ भन्ने अन्धविश्वासले आगलागीका घटना बढ्दै गएका छन् ।

वन विनाशले पानीका मुहान सुकेपछि खोलामा खडेरी परेको छ। यतिसम्म हुँदा पनि सरोकारवाला निकाय मौन छन्। स्थानीय बासिन्दाका कारण वनमा आगलागी भइरहेको डिभिजन वन कार्यालय बैतडीका कार्यालय प्रमुख दिलीपकुमार यादवले बताउनुभयो । जति सम्झाउँदा पनि स्थानीयले आगो लगाउन नछाडेको उहाँले बताउनुभयो ।

वन प्रमुख यादवले भन्नुभयो, “हामी त थाकेर बसिसक्यौँ। कति ठाउँमा आगो निभाउनु ? वन कार्यालयमा कर्मचारी पनि छैनन्। सामुदायिक वन उपभोक्ता समूहलाई निगरानी गरेर आगो नियन्त्रण गर्न निर्देशन दिएका छौँ ।”

उहाँले पाटन नगरपालिका–९ स्थित निङ्लासैनी सामुदायिक वनमा आगो लगाउने मानिसको पहिचान भएपछि कारबाहीका लागि वन उपभोक्ता समितिलाई निर्देशन गरेको बताउनुभयो ।

बैतडीमा ३७२ वटा समुदायिक वन छन्। तीमध्ये सल्लाको वन बढी भएका क्षेत्र पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका–१, २ र ३ नम्बर वडा र पञ्चेश्वर गाउँपालिकाका अधिकांश सामुदायिक वनमा बर्सेनि आगलागीका घटना हुने गरेका छन् । खोटे सल्लाको वन क्षेत्र भएका यी ठाउँमा आगलागी हुँदा पानीका मुहान सुकेपछि यहाँ खडेरी हुने गरेको छ । सल्लाको वन मात्रै भएको शिवनाथ गाउँपालिकामा पानीको सबै मुहान सुकेपछि गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको गाउँपालिका अध्यक्ष कर्ण साउदले जानकारी दिनुभयो ।

अध्यक्ष साउदले भन्नुभयो, “जति नियन्त्रण गरे पनि खोटे सल्लाको वनमा आगो लागिहाल्छ । पानीका मुहान सुकाउने पनि यही खोटे सल्लो रहेछ। यो वर्षदेखि हामीले खोटे सल्लो हटाउने अभियान चलाउँदै छौँ । वनमा आगलागी भइरहेको छ, खोलामा पानी छैन, सुक्खा छन्।”

खोटे सल्लाको वनको तुलनामा बाज, लालीगुराँस, सिलङ्गोलगायतका अन्य बोटबिरुवा भएका वनमा कम आगलागी हुने गरेको छ। ग्वाल्लेक, सिगास धुरालगायतका वनमा खोटे सल्लो नहुँदा आगलागीका घटना बिरलै हुने गरेका छन् ।

गर्मीयाममा सल्ली पिरोला झर्दा खोटे सल्लो भएका वन क्षेत्रमा बढी आगो लाग्ने गरेको पाटन नगरपालिका–९ का वन उपभोक्ता मोहन बिजेले बताउनुभयो। राम्रो घाँस उम्रिन्छ भन्ने अन्धविश्वासका कारण आगो लगाउने प्रवृत्तिले पनि आगलागी बढेको उहाँले बताउनुभयो । आगलागीले वन जङ्गलमा भएका ससाना बोटबिरुवा जलेर खरानी भएपछि आगो लगाउने व्यक्ति पहिचान गरेर वनमा उजुरी दिएको उहाँले जानकारी दिनुभयो ।

आगलागीसम्बन्धी दैनिक जसो डिभिजन वन कार्यालयमा फोनमार्फत जानकारी आए पनि अनुगमन गर्न वनमा कर्मचारी नभएको डिभिजन कार्यालयले जनाएको छ। जिल्लामा एक डिभिजन वन कार्यालय र १० वटा स्थानीय तह हेर्ने गरेर पाँच वटा सब डिभिजन वन कार्यालय भए पनि वर्षौंदेखि वन अधिकृतको दरबन्दी खाली रहेको डिभिजन वन कार्यालयका प्रमुख दिलीपकुमार यादवले जानकारी दिनुभयो।

जहाँ आगलागी, त्यहीँ वन कार्यालय खाली जिल्लामा बढी आगलागी हुने मेलौली, पञ्चेश्वर र शिवनाथ गाउँपालिका हेर्ने जिम्मेवारी रहेको मेलौली सबडिभिजन वन कार्यालयमा वन अधिकृत छैनन्।

डिभिजन वन कार्यालयसहित मातहतका पाँच वटा सब वन डिभिजनमा ४४ जना कर्मचारीको दरबन्दी भए पनि सात जना वन अधिकृतको दरबन्दी वर्षौंदेखि रिक्त छ। वनका कर्मचारी नहुँदा पञ्चेश्वरमा तीव्र रूपमा वन विनाश र आगलागीका घटना भइरहेको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो। वन कार्यालयलाई निरीक्षणका लागि अनुरोध गरे पनि वनका कर्मचारी नआएको उहाँले गुनासो गर्नुभयो। गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय