
बाजुरा / जङ्लमा लागेकाे आगाेबाट बाजुरामा एक घरमा आगलागी भएकाे छ ।
जिल्लाकाे बुढीगंगा नगरपालिका-४ कोटबाडाको सल्लाघारी जङ्लमा लागेको आगोबाट सोही ठाउँ बस्ने ४५ वर्षीय मोहन नेपालीको घरमा आगलागी भएको बाजुरा प्रहरीले जनाएको छ ।
उक्त आगलागीबाट घर र घरभित्र रहेका नगद, खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सामान जलेर नष्ट भएका छन् ।
घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे जिल्ला प्रहरीले कार्यालय बाजुराकाे भनाइ छ । घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको छ ।