युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डडेलधुरा। सरकारी तथा सामुदायिक विद्यालयका शिक्षकको राजनीतिक पार्टीगत आबद्धता खोज्न थालिएको छ । पेसाभन्दा राजनीतिमा क्रियाशील शिक्षकलाई कारबाही गर्नका लागि पार्टीगत आबद्धतासहितको विवरण मागिएको जनाइएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइले राजनीतिक दलको सदस्यता लिएका, कार्यकारिणी समितिमा रहेका र महाधिवेशन प्रतिनिधि भएका शिक्षक/कर्मचारीको विवरण मागेको हो । यस जिल्लाका सात वटै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखालाई पत्राचार गरी शिक्षक/कर्मचारीको विवरण माग गरिएको समन्वय एकाइ प्रमुख नारदप्रसाद जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलमा आबद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएपछि विवरण माग गरिएको हो । पालिकाले परिपत्रको कार्यान्वयन गर्नुहुने छ भन्ने विश्वासका साथ विवरण माग गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

शिक्षक तथा कर्मचारीको विवरण प्राप्त भइसकेपछि कारबाहीका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरेर आवश्यक प्रक्रिया अगाडि बढाइने जनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ वैशाख ४ को मन्त्रीस्तरीय निर्णय अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको राजनीतिक पार्टीगत आबद्धता र सक्रियताका सम्बन्धमा अनुसन्धान गरेर कारबाही गर्न ७७ वटै एकाइलाई निर्देशन दिएको थियो ।

राजनीतिक दलमा संलग्न शिक्षक तथा कर्मचारीलाई शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ को प्रावधान अनुसार उच्च अदालत पाटनको रिट नम्बर २०७८–०४०८, निर्णय नम्बर ३३६ मा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा रहेको कानुनी व्यवस्था कार्यान्वयन गर्नु गराउनु शिक्षा मन्त्रालयको नाममा परमादेश जारी गरेको थियो ।

यस्तै शिक्षा एकाइ कार्यालयलाई पनि राजनीतिक दलमा आबद्ध शिक्षक/कर्मचारीलाई पदबाट हटाई त्यसको जानकारी मन्त्रालयलाई गराउन निर्देशन दिइएको छ । जिल्लामा २५१ सामुदायिक विद्यालय छन् ।

शिक्षकहरू राजनीतिक पार्टीको सक्रिय कार्यकर्ता बन्न थालेपछि विद्यालयमा नियमित पठनपाठन नहुँदा सरकारी तथा सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किएको आरोप अभिभावकको छ । उक्त विद्यालयमा करिब एक हजार दुई सय शिक्षक/शिक्षिका र कर्मचारी कार्यरत छन् । तीमध्ये अधिकांश विभिन्न राजनीतिक दलका शिक्षक सङ्गठनमा आबद्ध छन् ।

नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घ, नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्घलगायतका शिक्षक सङ्घ/सङ्गठन क्रियाशील छन् ।  गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय