कञ्चनपुर /गहुँको नलमा लगाइएको आगोबाट कञ्चनपुरमा गोठमा आगलागी भएको छ।
कञ्चनपुर प्रहरी स्राेतकाअनुसार जिल्लाकाे बेलडाँडी गाउँपालिका-२ ढकनिया बस्ने करन बिष्टको घर नजिक रहेको खेतको गहुँ नलमा लगाइएको आगोबाट गाई गोठमा आगलागी भएकाे हाे ।
उक्त आगलागीबाट गोठ भित्र रहेको भुसा, पराल, काठ लगायतका सामान जलेर नष्ट भइ ६० हजार बराबरको धनमाल काे क्षति भएकाे प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाकाे कृष्णपुर नगरपालिका-१ जयशंकर सामुदायिक वनमा लागेको आगोबाट सोही ठाउँ बस्ने रमेश बुढाको गोठमा आगलागी भएको छ।
उक्त आगलागीबाट १ लाख ५० हजार बराबरको धनमालकाे क्षति भएकाे प्रहरी स्राेतले जनाएको छ ।