
सिलगढी /डाेटीमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रकाे जङ्गलमा आगलागी हुँदा पाइप लाइन जलेपछि गैरागाउँ-सिलगढी खानेपानी अवरुद्ध भएको छ ।
आगलागीबाट खानेपानी लाइनको क्रसिङमा रहेको पाइपहरु जलेपछि खानेपानी आज बुधबारदेखि अवरुद्ध भएको सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले जानकारी दिएकाे छ ।
कार्यालय प्रमुख रामचन्द्र धामीकाअनुसार उक्त जंगलमा लागेकाे आगलागीबाट खानेपानीकाे पाइप लाइन ४ ठाउँमा जलेपछी खानेपानी अवरुद्ध भएकाे हाे ।
राष्ट्रिय निकुञ्जकाे जंगलमा बाक्लो स्याउला रहेकाले आगलागी अझै जारी रहेको र पाइप लाइनमा थप क्षती हुनसक्ने प्रमुख धामीले बताएका छन् ।
खानेपानी सरसफाइ समेतिकाअनुसार भोगरे खोलाको पानीलाई एक दिन बिराएर वितरण गरिने भएकाे छ । तैपनि उक्त मुहानबाट पानी कम आउने भएकाले एकदिन बिराएर पनि खानेपानी आपूर्ति गर्न सम्भावना कम रहेको समितिले जनाएको छ ।
उक्त खानेपानी लाइन मर्मत नहुन्जेलसम्म जिल्ला सदरमुकाम सिलगढीमा भाेलिबाट खानेपानीको अभाव हुने भएकाले उपभोक्ताहरू चिन्तित छन् ।
खानेपानीकाे पाइप लाइन मर्मत गर्न कति समय लाग्ने हाे एकिन अहिले केही भन्न नसकिने बारे सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले सार्वजनिक सूचना जारी गरेको छ ।
गैरागाउँ – सिलगढी खानेपानी मर्मत नहुन्जेलसम्म भएको पानीलाई कम खपत गर्न समितिकाे आग्रह छ ।