डडेल्धुरा : डडेल्धुरामा एक पुरूषले श्रीमतीमाथि बन्चरो प्रहरी गरेका छन् ।
मंगलबार जिल्लाकाे आलिताल गाउँपालिका-२ मटेला बस्ने ४२ बर्षिया श्रीमान कर्ण बहादुर देउवाले आफ्नी ३८ बर्षिया डम्मरी देवि देउबामाथि बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएकाे डडेल्धुरा प्रहरीले जनाएको छ ।
घटनापछि घाइतेलाई स्थानियले गांखेत स्वास्थ्य चौकिमा लगेकाे र उपचार संम्भव नभएपछि उनलाई धनगढी माया मेट्रो अस्पतालमा रेफर गरेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनकाे अबस्था गम्भीर रहेकाे छ ।
उनीहरूबीच घरायसी विवादका कारण घटना घट्न गएकाे उक्त वडा कार्यालयकाे दाबी छ ।
घाइते डम्मरीका श्रीमानलाई प्रहरीले हिजो नै नियन्त्रण लिइसकेको छ ।