डडेल्धुरा । आगाेमा परेर डडेल्धुरामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनारा रहेकाे डडेलधुरा प्रहरीले जनाएको छ ।
उनकाे शुक्रवार दिउँसो आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडेर मृत्यु भएकाे हाे ।
उनकाे घटना स्थलमै मृत्यु भएकाे प्रहरीकाे भनाइ छ ।











