युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुरः सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या बढी रहेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार आयातित औलोका बिरामीको सङ्ख्या एक सय ३९ रहेको छ भने स्थानीय औलोका बिरामीको सङ्ख्या ११ रहेको छ। प्रदेशमा औलोका बिरामीको कूल सङ्ख्या एक सय ५० रहेको छ।

गत वर्ष आयातित औलोका बिरामीको सङ्ख्या एक सय ८४ र स्थानीय बिरामीको सङ्ख्या ३९ रहेको थियो,आयातित औलोका बिरामीमा अधिकांश भारतबाट फर्केकाहरु रहने गरेका छन,भारतमा कमाउन जानेहरु औलोको सङ्क्रमणमा परेपछि घर फर्कने गर्दछन्,अधिकृत जोशीले भने, औलोको परजीवी बोकेर भारतबाट फर्कनेलाई लामखुट्टेले टोकेर, त्यसपछि अरुलाई टोक्दा परजीवी सारेर सङ्क्रमण गराउँदछ।  खुला सीमा क्षेत्र भएकाले औलोको सङ्क्रमणमा परेका घर पुग्ने गर्दछन्। सीमा क्षेत्रमा रक्त परीक्षणको भरपर्दो व्यवस्था नहुँदा पनि औलो रोकथाममा समस्या रहेको उनको भनाइ छ। उनका अनुसार आयातित औलोको सङ्क्रमण रोक्नका लागि समुदायमा खोजपडतालको कार्य गरिँदै आएको छ।

“समुदायमा भारतलगायत अन्य क्षेत्रबाट औलोको सङ्क्रमण भएर आएका व्यक्तिबारे अध्ययनको कार्य गर्छौं, उहाँले भन्नुभयो, “बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाइने गरिन्छ, औलो सार्ने लामखुट्टेबारे अध्ययन र अनुसन्धानको कार्य पनि गर्दै आएका छौँ। यसै कारणले औलोका बिरामीको सङ्ख्या विगतको तुलनामा घट्दै गएको उहाँले जानकारी दिए।

जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रममा वृद्धि भएसँगै र सडक यातायातको व्यवस्थाले तराई क्षेत्रमा पाइने लामखुट्टे हाल पहाडीदेखि हिमाली जिल्लामा पनि पाइन थालेको उहाँले उल्लेख गरे। औलोका दुई किसिमका परजीवी पाइने गरेको जानकारी दिँदै उनले जसमा प्लाज्मोडियम फाल्सीपारम र प्लाज्मोडियम भाइभेक्स रहेका छन्।

त्यसमध्ये प्लाज्मोडियम फाल्सीपारम परजीवीलाई जटिल प्रकृतिको मानिन्छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा फेला परेका एक सय ५० औलोका बिरामीमध्ये प्लाज्मोडियम फाल्सीपारम परजीवीको सङ्क्रमण भएका बिरामीको सङ्ख्या २० रहेको छ । अन्य एक सय ३० मा प्लाज्मोडिम भाइभेक्स परजीवी फेला परेको अधिकृत जोशीले बताए।

जोशीले सबैभन्दा बढी औलोका बिरामी ७४ जना कैलालीमा देखा परेकामा त्यसपछि कञ्चनपुरमा २७, अछाममा २०, बाजुरामा ११, डोटीमा सात,
उहाँका अनुसार सुदूरपश्चिममा औलोको उच्च जोखिममा रहेको जनसङ्ख्या २४ लाख ८६ हजार रहेको छ। औलोका बिरामी पत्ता लगाउन ९५ हजार तीन सय ५० जनाको रक्त नमूना परीक्षणको कार्य गरिएको छ । औलोको उच्च जोखिम क्षेत्रमा रहेका ८५ हजार पाँच सय ५३ समुदायमा कीटनाशक झुल वितरणको कार्य गरिएको छ।

गर्भवती तथा जोखिम समूहका लागि ११ हजार सात सय ४६ कीटनाशक झुल वितरण गरिएको छ,  औलोको सङ्क्रमण रोक्नका लागि विषादी छिड्काउबाट ५१ हजार दुई सय १७ जना लाभान्वित भएका छन् । औलो सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ। औलोबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु रहेको छ।

औलो लागेमा टाउको दुख्ने, वाकवाकी हुने, वान्ता हुने हातखुट्टा तथा जोर्नी दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्ने गर्दछन्। लामखुट्टेको टोकाइबाट बच्नका लागि पूरा शरीर छोप्ने लुगा लागाउने, सुत्दा कीटनाशक झुलको प्रयोग गर्ने, घर वरिपरिको पानीका खाल्डाखुल्डी पुर्ने, घर वरिपरिको घाँसलगायतको झाडी सफा गर्ने, धुप बाल्नेलगायत गर्नुपर्दछ।

औलो रणनीतिक योजना २०१४–२०२५ अनुसार देशलाई सन् २०२५ सम्म औलो मुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ। यस अवधिमा औलो निवारणका लागि गुणस्तरीय सेवामा समुदायको पहुँच अभिवृद्धि गर्ने, औलो रोकथाम तथा महामारीमा तत्काल प्रतिकारात्मक कार्य गर्ने रहेको छ।
रासस

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय