
टेक चन्द, डोटी / डोटीको बोगटान फुड्सिल गाउपालिकामा बस्ति बसेकाे जमिन भासिन थालेपछि ३१ घर जाेखिममा परेका छन् ।
उक्त गाउपालिका वडा नम्बर ६ पलाडी साबिको गगुडा गा बि स वडा नम्बर २ माझ्रौटामा जमिन भासिन थालेपछि ३१ घरधुरि जाेखिममा परेकाे स्थानियहरुले बताए ।
जमिन भासिन थाले पछि स्थानिय त्रसित भए पश्चात उक्त गाउँपालिका अध्यक्ष कमल गड्सिला सहितकाे प्राविधिक टाेलिले साे क्षेत्रकाे अनुगमन गरेकाे स्थानिय कमल बंमले बताए ।
स्थलगत अध्ययन गर्दै गाउँपालिका अध्यक्ष गड्सिलाले बस्ति जाेखिममा रहेकाे उक्त बस्तिलाई स्थानन्तरण गर्नका लागि अबश्यक पहल गरिने बताएका छन् ।