युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / बालबालिकाको क्षमता विकास लागी सिड नेपाल डोटीले जिल्लाको सायल, आदर्श र पुर्विचौकी गाउँपालीकामा संचालन गरेको दुई दिवशिय तालिम तथा बाल भेला सम्पन्न भएको छ । बालबालिकाहरुले आफुहरुको क्षेमता विकासका लागी विभिन्न मागहरु राखेका छन् ।

सिड नेपाल र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा संचालन भईरहेको बाल संरक्षण तथा स्पोनसरसिप परियोजना अन्तरगत जिल्लाका तिन वटा पालिकाहरुमा गठन भएका बालक्लव संजालमा आबद्ध बालबालीकाहरुको क्षमता विकासका लागी २ दिने क्षमता विकास तालिम तथा बाल भेला कार्यक्रम सम्पन्न भएको सिड नेपाल डोटीका कार्यक्रम प्रमुख सुनिल जोशीले बताएका छन् ।

उक्त तिन क्षेत्रमा सम्पन्न भएको बालभेला कार्यक्रमको उद्घाटन तिन वटै गाउँपालीकाका उपाध्यक्ष निर्मला बोहरा ओली, लक्ष्मी रोकाया धामी र पशुपती खड्काले गरेका हुन् । २÷२ दिने बाल भेला कार्यक्रमको सहजीकरण गाउंपालीकाका महिला तथा बालबालीका शाखा प्रमुख, शिक्षा शाखा प्रमुख र सिड नेपालका कर्मचारीहरुले संयुक्त रुपमा संचालन गरेका कार्यक्रम प्रमुख जोशीले जानकारी दिएका छन् । उक्त कार्यक्रममा तिनवटै पालिकामा ४५÷४५ जना बालबालीकाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बालक्लव व्यवस्थापन, बालक्लव गठन प्रकृया तथा बालअधिकार सम्वन्धि क्षमता विकासका साथै विभिन्न सेसनहरु संचालन गरी बालबालीकाका सवालहरु, आवश्यकताहरु र बालबालीकाका मागहरु पहिचान गरिएको थियो । बालबालीकाहरुले पहिचान गरेका योजना, सवाल तथा मागहरु प्राथमिकिकरण गरि गाउँपालीकाका उपाध्यक्षहरुलाई हस्तान्तरण गरेएको जोशीले बताए ।

सोही कार्यक्रममा पालीका स्तरको बाल संजाल गठन गरिएको छ । पुर्विचौकी गाउंपालीकामा सुनिता ठकुल्लाको अध्यक्षतामा ११ सदस्यीय, सायल गाउँपालीकामा रमेश थापाको अध्यक्षतामा १५ सदस्यीय र आदर्श गाउंपालीकामा प्रेम पाठक को अध्यक्षतामा १७ सदस्यीय बालक्लव संजाल गठन भएको छ ।

प्रत्येक वर्ष स्थानिय निकायले सहभागीतात्मक योजनातर्जुमाका चरण अनुरुप योजना तर्जुमा गर्दछन । स्थानिय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधिले लक्षित समुहलाइ वजेट विनियोजन गर्नुपर्ने व्यवस्था गरेको छ जस अनुरुप बालबालीकालाइ विनियोजन गरिएको बजेटबाट उनिहरुकै सहभागीतामा योजनातर्जुमा गर्न, योजनातर्जुमा प्रकृयाको सुरु हुनु अगावै बालभेला गर्नुपर्ने व्यवस्था गरिएको हुनाले सोही अनुरुप बालभेला कार्यक्रम संचालन गरि बालबालीकाहरुले आफ्ना माग, सवाल तथा योजनाहरु गाउँपालीकामा पेश गरिएको बताएईएको छ । गाउँपालीका उपाध्यक्षहरुले बालबालीकाका माग तथा योजनाहरु आगामी योजनातर्जुमा कार्यक्रममा समावेश गरिने प्रतिवद्धता गरेका छन ।

बालबालिकाहरुले पेश गरेका मागहरुमा बालबालीकाहरुको क्षमताविकास गर्न जिवन उपयोगी सिप सम्वन्धि तालिम संचालन गरिनु पर्ने, बालविवाह न्यूनिकरणका लागी सरोकारवाला तथा बालबालीकाहरुको क्षमता विकास तथा सचेतनामुलक कार्यक्रम संचालन गरिनु पर्ने, बालहिंसा, बालश्रम, दुव्र्यवहार, वेवास्ता र छाउपढी जस्ता विषयमा अभियान संचालन गर्नुपर्ने, लैगिक तथा जातिय भेदभव न्युनिकरणका लागी कार्यक्रम संचालन गरिनु पर्ने, खेलमैदान तथा खेलकुद सामग्रीको व्यवस्था मिलाउनु पर्ने, बालबालीकाहरु विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय पुराउनु पर्ने, पुस्तकालयको अभाव रहेको क्षेत्र पुस्तकारलेको व्यवस्था गर्नु पर्ने, किसोर किसोरीहरुका लागी आत्मरक्षा र क्षमता विकास गर्नुपर्ने लगायतका मागहरु राखिएको जोशीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय