डोटी / डोटी जिल्लामा पहिलो पटक कोरोना संक्रमित देखीएको र सबै भन्दा बढी संक्रमित पुष्टी भएको शिखर नगरपालिकाले कोराना माथि विजय प्राप्त गरेको छ ।
२ सय ९६ जना कोरोना संक्रमित देखिएको उक्त नगरपालिकाको आईसोलेसनमा अहिले १ जना संक्रमित मात्र बाकी रहेका छन् भने २ सय ९५ जना कोरोना माथी जित हासिल गर्दै घर फर्किएका छन् । सो नगरपालिकाबाट सोमबार साँझ सम्म १ हजार ६ सय ७० जनाको कोरोना परिक्षणका लागी नमुना संकलन गरिएकोमा ५२ जनाको परिक्षण हुन बाँकी रहेको भए पनि अन्यको रिपोट आई सकेको छ । स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार शिखर नगरपालिकामा सोमबार साँझ सम्म २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने १ हजार ३ सय २२ जनाको रिपोट नेगेटिभ आएको छ ।
कुल संक्रमितहरु मध्ये १ सय १० महिला र १ सय ८५ पुरुष गरि २ सय ९५ जना संक्रमण देखिएका व्यक्तिहरु निको भई घर फर्किएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले सुपअनलाईनलाई बताए । सोमबार मात्र सो नगरपालिकाबाट १२ महिला र ४० पुरुष गरि ५२ जनाको श्वाव संकलन गरिएको हो ।