युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, चैत २७ गते । देशका विभिन्न सहरमा टिमुरको माग बढ्दै गएको बेला बाजुराको जङ्गलमा पाइने टिमुर त्यत्तिकै खेर जाने गरेको छ । टिमुरको महत्वबारे जानकारी नहुँदा त्यत्तिकै खेर जाने गरेको हो ।

घरायसी प्रयोजनका लागि कोही कसैले थोरै ल्याउने गरे पनि बिक्रीवितरणका लागि टिमुर कसैले नटिप्ने गरेको छेडेदह गाउँपालिका–२, जयवागेश्वरीका स्थानीय हिरा रोकायाले बताउनुभयो । “टिमुर गाउँमा बिक्री हुँदैन, बजारमा लिएर बेच्न रोक गरेको छ, उहाँले भन्नुभयो, “त्यसैले यता कसैले टिमुर नटिपेपछि त्यो त्यत्तिकै खेर जाने गरेको छ ।”

सहरबजारमा टिमुरको माग बढेपछि केही स्थानीयले यसको व्यावसायिक खेती सुरु गरेका छन् । टिमुर अचार तथा औषधीका रूपमा प्रयोग हुँदै आएको छ । स्थानीय निकायले पनि टिमुरको व्यावसायिक खेतीतर्फ चासो देखाएको छ ।

वनको टिमुर टिपेर बजारमा लैजानुभन्दा व्यावसायिक खेती गर्दा फाइदा हुने देखिन्छ । गौमूल गाउँपालिका–२ का स्थानीय किसानले टिमुर खेती सुरु गरेको वडाध्यक्ष देव रोकायाले बताउनुभयो । “टिमुरको विभिन्न ठाउँबाट माग आउने गरेकाले यहाँका स्थानीयलाई यसको खेती गर्नमा उत्प्रेरित गर्दै आएका छौँ,” उहाँले भन्नुभयो ।

टिमुर दुईदेखि तीन मिटरभन्दा अग्लो, काँडेदार, सुगन्धित, सानो खालको रुख वा झाडी वर्गको पतझड वनस्पति हो । बाजुराको बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहको विभिन्न वनमा प्रशस्त मात्रामा टिमुर पाइन्छ । लेकाली ठाउँको ११ देखि २५ सय मिटरसम्मको उचाइमा टिमुर फल्ने गरेको पाइन्छ ।

एउटा परिपक्व बोटमा दुईदेखि चार किलोसम्म टिमुर फल्ने बताइन्छ । प्रतिकिलो दुईदेखि तीन सय रुपियाँमा बिक्री हुने गर्छ । आयुर्वेदिक प्रणाली अनुसार यो वायुशमन गर्ने, दाँत दुखेको निको गर्ने, तागत दिने, जरो निको गर्ने, अजीर्ण र हैजा इत्यादि रोग निको पार्न प्रयोग गरिन्छ । हिउँदको महिना रुघाखोकी लागेका बेला तातोपानीसँगै टिमुरको धुलो हालेर खाँदा रुघाखोकी निको हुने गर्छ । टिमुर १० केजीसम्म व्यक्तिगत प्रयोजन गर्न पाइने डिभिजन वन कार्यालयका प्रमुख भोजराज पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “टिमुर खरिदबिक्री तथा सङ्कलन गर्न इजाजत हुनु पर्छ ।” इजाजत तथा राजस्व तिरेको कागजात भएपछि देशका विभिन्न ठाउँमा टिमुर खरिदबिक्री गर्न सकिने डिभिजन वन कार्यालय प्रमुख पाठकले बताउनुभयो ।  गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय