डाेटी / डोटीको एक घरमा आगलागी हुँदा करिव ४ लाख बराबरको क्षति भएकाे छ ।
आज (साेमबार) बिहान साढे ९ बजेकाे समयमा जिल्लाकाे पूर्वीचौकी गाउपालिका वडा नं.३ गैैरागाउँका गगन सिं खड्काको घरमा आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
आगलागीबाट घरमा रहेकाे अन्न, लुगाकपडा, मोवाइल ढुङ्गा फोड्ने इलेक्ट्रोनीक मेसिन लगातका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिम भट्टराईले बताउनु भएकाे छ । उहाँले भन्नुभयो, ” घरजलेर नष्ट भएकाे छ, करिव ३/४ लाखकाे क्षति भएकाे छ ।” साथै मानवीय र पशुचाैपायामा क्षति नभएको उहाँले बताउनु भएकाे छ ।
प्रहरीकाे प्रारम्भिक अनुसन्धानअनुसार घरमा विद्युत तार सर्ट हुँदा आगलागी भएकाे हुन सक्ने आशंका गरिएकाे नायव उपरीक्षक भट्टराईले बताउनु भएकाे छ ।
आगलागीलाई स्थानीयले नियन्त्रणमा लिएकाे र घटनाबारे थप अनुसन्धान भैरहेको भट्टराईले बताउनु भयाे ।











