युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा । पछिल्लो समय बाजुराका अधिकांश महिलाको आलु खेतीमा आकर्षण बढ्दै गएको छ।

गाउँ बस्तीमा सडक सञ्जालको पहुँच भएसँगै गाउँमा उत्पादन गरेका आलुले समयमै बजार पाउन थालेपछि पछिल्लो समय महिलाको आलु खेतीप्रति आकर्षण बढ्दै गएको हो।

अन्नबाली भन्दा आलु खेती गर्दा जीविकोपार्जन गर्न सहज देखिएपछि अहिले यहाँका महिलाको आलु खेतीप्रति आकर्षण बढ्दै गएको बुढीगङ्गा  नगरपालिका–४ साहुवाडाकी अमृता खातीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो , “आलु खेती गर्न खासै ज्ञान नहुँदा लगाउन मन गरेकी थिएन। गाउँमै प्राविधिक आएर आलु खेती सम्बन्धी विभिन्न सल्लाह सुझाव दिन थालेपछि गाउँमा आलु खेती सुरु गरेकी छु।’’

अन्नबाली भन्दा आलुबाट राम्रो कमाइ गर्न सकिने भएपछि अहिले यहाँका अधिकांश महिलाको आलु खेती गर्न थालेको खातीले बताउनुभयो।

बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा , बडिमालिका, गौमुल, बूढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका क्षेत्रमा राम्रो आलु उत्पादन हुन्छ ।

बडिमालिका नगरपालिकाको रजातोली, ढम्कने, मना, कोर्द खप्तड छेडेदह गाउँपालिका १ को काँडा र २ को जयवाग्यश्वरीका स्थानीयले आलु खेती गरेर राम्रो कमाइ गर्दै आएका छन्।

यहाँका किसानलाई पहिला गाउँमा उत्पादन गरेको आलुले समयमै बजार नपाउँदा सडेर जान्छ कि भन्ने चिन्ता थियो। पछिल्लो समय भने आलु खरिद गर्नका लागि व्यापारी उनीहरूको बारीमै जान थालेपछि अहिले उनीहरूको त्यो चिन्ता हटेको छ।

पछिल्लो समय यहाँका प्रत्येक गाउँ बस्तीमा सडक सञ्जालको पहुँच भएसँगै आलु खरिद गर्ने व्यापारी उनीहरूको बारीमै जान सुरु गरेका हुन्।

अहिले यहाँका स्थानीयले उत्पादन गरेको अर्गानिक आलु देशका विभिन्न ठाउँमा बिक्री हुने  गरेको छ। यहाँका किसानको नयाँ प्रविधिबाट उत्पादन भएको आर्गानिक आलुले बजार पनि राम्रो पाउन थालेपछि पछिल्लो सयम यहाँका महिलाको आलु खेतीप्रति चासो बढेको हो।

अहिले यहाँका अधिकांश किसानले अन्नबाली भन्दा पनि आलु खेती बढी गर्न थालेका छन्। कयौँ किसानले त धान कोदो लगाउन छोडेर आलु खेती मात्र गरेका छन्।

बजारको आलु भन्दा गाउँमै उत्पादन गरेको अर्गानिक आलुले स्वास्थ्यलाई फाइदा दिने भएकोले पछिल्लो समय देशका विभिन्न ठाउँमा बाजुराको आलुको माग बढ्दै गएको यहाँका स्थानीय बताउँछन्।

सडक पहुँच भएसँगै गाउँमा उत्पादन गरेको अर्गानिक आलुले समयै बजार पाउन थालेपछि यहाँका महिलाको आलु खेती प्रति आकर्षण बढ्दै गएको बुढीगङ्गा नगरपालिका-४ साहुवाडाका कृषक कृष्ण खातीले बताउनुभयो।

कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदानमा गत वर्ष बाजुरामा उत्पादन गरिएको सयाैँ क्विन्टल भन्दाबढी अर्गानिक आलु देशका विभिन्न बजारमा बिक्री गरिएको थियो।

बाजुराको एक हजार ९२५ हेक्टर जमिनमा झण्डै २० हजार ४७० मेट्रिकटन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।गोरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय