कैलाली / कैलालीको लम्की टिकापुर सडक अन्तर्गत कर्णाली क्रेसर आसपास एक पुरुषको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएको जस्तो रहेको टीकापुर प्रहरीले जनाएको छ।
शव महेन्द्र विकको भनिएपनि आधिकारीक रुपमा पुष्टि नभएको प्रहरीले बताएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।











