युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर: किसानका खेतमा सिँचाइ सुविधा उपलब्ध गराई उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१० को कार्यालयले ५० प्रतिशत अनुदान दिएर ‘स्यालो ट्युबवेल’ जडान गरेको छ।

ट्युबवेल जडानबाट झण्डै ३० बिघा खेतमा सिँचाइ सुविधा उपलब्ध भएको छ।  सिँचाइ सुविधा नपुगेका किसानको छनोट गरी आवश्यकता आधारमा स्यालो ट्युबवेल जडान गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताए।

‘चालु आवमा रु तीन लाख ५० हजार वडा कार्यालयको र त्यति नै रकम किसानको गरी रु सात लाखमा सात वटा स्यालो ट्युबवेल जडान गरिरहेका छौँ’, उनले भने, ‘गत आवमा आठवटा स्यालो ट्युबवेल जडान गरी किसानलाई सिँचाइ सुविधा उपलब्ध गराएका छौँ।’

उनका अनुसार हालसम्म वडामा ४३ वटा स्यालो ट्युबवेल जडान गरिएका छन्। ट्युबवेल जडान भएपछि ८० बिघा बढी जग्गामा सिँचाइ सुविधा उपलब्ध भइरहेको उनले बताए । सिँचाइ सुविधा उपलब्धपछि किसान अन्नबालीसँगै तरकारी खेतीमा संलग्न हुँदै आएका छन्।

‘धान रोप्न सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकासे पानीकै भर पर्नुपर्ने अवस्था थियो’, स्थानीय किसान कालुराम चौधरीले भने, ‘वडा कार्यालयले अनुदानमा स्यालो ट्युबवेल जडान गरिदिएपछि सिँचाइ सुविधा उपलब्ध हुँदा समयमै धान रोप्न र गहुँ सिँचाइ हुँदा विगतको तुलनामा उत्पादन बढेको छ।’

किसानलाई वडा कार्यालयले अनुदानमा सिँचाइका लागि स्यालो ट्युबवेलसँगै घरपालुवा पशुलाई चारो खुवाउन डुँड, चारो काट्ने मेसिन र चारो र दाना खुवाउने ‘स्ट्याण्ड’ पनि उपलब्ध गराउँदै आएको छ। वडा कार्यालयका अनुसार गत आवमा एक सय २८ डुँड, ११ वटा चारो काट्ने मेसिन, नौ वटा चारो र दाना खुवाउने स्ट्याण्ड अनुदानमा वितरण गरिएको थियो। चालु आवमा १९ वटा चारो काट्ने मेसिन, १५ घाँस र  खुवाउने स्ट्याण्ड र ८० वटा डुँड, पचास प्रतिशत अनुदानमा उपलब्ध गराउने योजना छ।
रासस

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय