कञ्चनपुर / कञ्चनपुरमा लागुऔषध (चरेस) सहित दुई जना पक्राउ परेका छन्।
मंगलबार जिल्लाको भीमदत्त नगरपालिका–४ को होटल शिव शक्तिबाट पक्राउ पर्नेमा बझाङकाे केदारस्यु गाउँपालिका–६ का ३४ वर्षीय गोविन्दबहादुर धामी र रुकुम सानीभेरी गाउँपालिका–३ का ३४ वर्षीय गोपाल पुन रहेकाे कञ्चनपुर प्रहरीले जनाएको छ ।
उनीहरूलाई ६ सय २४ ग्राम चरेससहित प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।











