युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी । सुदूरपश्चिममा कोरोना सङ्क्रमण उकालो लागेको छ ।  भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढेको देखिएको हो ।  कामको सिलसिलामा भारत पुगेकाहरू पछिल्लो समय बिसु पर्व मनाउनका लागि स्वदेश फर्किरहेका छन् ।

वैशाख १ गते नयाँ वर्षको दिन सुदूरपश्चिममा बिसु पर्व मनाउने गरिएको छ । पर्व मनाउन घर फर्किनेहरूको सिमानाकामा चेकजाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले चैतमा अझ बढी कोरोना सङ्क्रमण देखा परिरहेको देखाएको छ । चैतको १८ गतेसम्म ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार माघमा १५ र फागुनमा ३२ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो । “चैतमा कोरोना सङ्क्रमण अझ उकालो लागेको छ” निर्देशक डा. जोशीले भन्नुभयो ।

पछिल्लो एक सातामा ३० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना देखिएका सबै भारतबाट फर्किएका हुन् । नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरोना परीक्षणको काम भइरहेको छ । अहिले बढी केस देखा पर्न थाले पनि कोरोना नियन्त्रणमा सरोकारवालाको चासो देखिएको छैन ।

नाकामा अहिलेसम्म एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गरिरहेको जनाउँदै गौरीफन्टा नाकास्थित हेल्थडेस्कमा कार्यरत अहेब गणेश साउँदले परीक्षण किट अभाव भइरहेको जनाउनुभयो ।

“केस बढिरहेका बेला हामीकहाँ किट सीमित छ” उहाँले अगाडि थप्नुभयो, “यद्यपि, माथिबाट निर्देशन र अन्य निकायबाट कुनै सहयोग भएको छैन ।” यसअघि, कोरोना महामारीका बेला धेरैजसो सहयोगी निकायले कोरोना परीक्षण र नियन्त्रणका लागि सहयोग गरेका थिए ।

भारतको जोखिम क्षेत्रबाट आएका र सामान्य रुघाखोकी, ज्वरो, टाउको दुख्नेजस्ता लक्षण भएकाहरूको नाकामा परीक्षण गर्ने गरिएको जनाइएको छ । सामान्य खालको लक्षण भएकाहरूको परीक्षण गर्दा कोरोना पुष्टि भइरहेको अहेब साउँदले बताउनुभयो । उहाँले कोरोना पुष्टि भएकालाई अहिलेसम्म होम आइसोलेसनमा बस्नेगरी पठाउने काम भइरहेको उल्लेख गर्नुभयो ।

कोरोना सङ्क्रमण उकालो लागेपछि रोकथामको कार्य पनि भइरहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना रोकथाम गर्न तयारी अवस्थामा रहेको निर्देशक डा. जोशीको भनाइ छ । निगरानी, परीक्षण गर्ने कार्य पनि भइरहेको उहाँले बताउनुभयो ।गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय