कैलाली / कैलालीको धनगढी उपमहानगरपालिका-६ मट्यारीबाट ८ जना जुवाडेलाई जुवाखालबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
शुक्रबार साँझ सोही ठाँउ २७ वर्षीय ओमप्रकाश कठायतले सञ्चालन गरेको दकाजी किराना पसलभित्र कोठामा जुवातास खेलिरहेको अवस्थामा पसल संचालकसहित आठ जनालाई नियन्त्रणमा लिएकाे कैलाली प्रहरीले जनाएको छ ।
उनीहरूबाट नगद ३० हजार ५७५ र ३ गड्डी ताससहित पक्राउ गरेकाे हाे । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।











