मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा रूखबाट लडेर एक महिला घाइते भएकी छन् ।
घाइते हुनेमा जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ नारिदाङ बस्ने ३२ वर्षीय पुतली बि.क. रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
उनी शुक्रबार बिहान ९ बजेकाे समयमा घाँस काट्ने क्रममा घर नजिकै रहेको सिमलको रुखबाट लडेर घाइते भइ अचेत अबस्थामा रहेकी छन् । घाइते उनकाे बाहिरी शरिरमा चोट नभएको तर बोल्न नसक्ने अबस्थामा रहेकी प्रहरीकाे भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव निरीक्षक नाराणय सिं नेगीका अनुसार घाईते बिककाे जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको छ ।











