मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा वनमा लागेकाे आगाेले जली गम्भीर घाईते भएकी महिलाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा जिल्लाकाे शिखर नगरपालिका वडा नम्बर ४ सेलफुङ्गा बस्ने ४१ वर्षीय चन्द्रा देवी भण्डारी रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
हिजाे बिहीबार करिव ४ बजेकाे समयमा आगाेले जली गम्भीर घाइते भएपछि उनलाई सुजङ अस्पताल राजपुरमा सामान्य उपचार पश्चात् थप उपचारको लागि धनगढी लगिएकाे थियाे ।
भण्डारीलाई उपचारकाे लागि निसर्ग अस्पताल धनगढीमा पुर्याउदा डाक्टरले गएराती १ बजेकाे समयमा मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले बताउनु भएकाे छ ।
उनी साेही ठाउँ स्थित पातालीसैन सामुदायिक वनमा सिचाई योजनाको कुलो खन्ने क्रममा जंगलमा लागेको आगोले जलेकी हुन्।











