मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा वनमा लागेकाे आगाेबाट जली एक महिला गम्भीर घाईते भएकी छन् ।
आज बिहीबार ३:५० बजेतिर आगाेले जली घाइते हुनेमा जिल्लाकाे शिखर नगरपालिका वडा नम्बर ४ सेलफुङ्गा बस्ने ४१ वर्षीय चन्द्रा देवी भण्डारी रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
उनी साेही ठाउँ स्थित पातालीसैन सामुदायिक वनमा सिचाई योजनाको कुलो खन्ने क्रममा जंगलमा लागेको आगोले जलेकी जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले बताउनु भयाे ।
उनकाे सुजङ अस्पताल राजपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागी महाकाली सेती हेल्थ केयर राजपुरकाे एम्बुलेन्स द्धारा सुबिधा सम्पन्न अस्पतालको लागी रेफर गरिएकाे नायव निरीक्षक नेगीले बताउनु भयाे ।











