बैतडीः बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ मा एक १३ वर्षीय बालिका मृत फेला परेकी छन् ।
मृत फेला पर्नेमा सुन्तला टोल घर भएकी अस्मिता सार्की रहेकी बैतडी प्रहरीले जनाएको छ । उनी बुधवार बिहान विद्यालय गएकी थिइन् । घर फर्कने बेला नजिकैको खोलामा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बालिका डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत थिइन् । अस्मिता मृत्युको कारण नखुलेकाले घटनाबारे अनुसन्धान भैरहेको छ ।











