बझाङः बझाङको बिथ्थडचिर गाउँपालिका-९ अबस्थित एक होटेल र खुद्रा पसलमा आगलागी भएको छ।
आइतबार राती बागथला स्थित भानबहादुर बिष्टले संचालन गरेको होटेल र खुद्रा पसलमा आगलागी भएको बझाङ प्रहरीले जनाएको छ । उक्त आगलागीबाट होटेल र पसल भित्र रहेका सामान जलेर नष्ट भएका छन् ।
आगलागीलाई प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएकाे थियाे । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । घटनाबारे थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएको छ ।











