चैत १० गते शनिबार, डाेटी
डोटीकाे शिखर नगरपालिका वडा नम्बर ९ मा माटोको ढीस्कोमा पुरिएर एक जना महिलाको मृत्यु भएकाे छ भने ३ जनाकाे उद्दार गरिएकाे छ ।
आज (सनिवार) दिउँसो करिव ३ बजेकाे समयमा माटाेकाे ढिस्काेमा पुरिएर मृत्यु हुनेमा ढुंग छोया घर भएकी निर्मला रोस्यारा रहेकाे शिखर नगरपालिका प्रवक्ता धिर्क सिंहले बताउनु भएकाे छ ।
घर पोत्ने माटो खन्ने क्रममा ढिस्काेमा पुरिएका अन्य तीन जनाकाे सकुशल उद्दार गरिएकाे प्रबक्ता सिंहले बताउनु भएकाे छ ।
घटनामा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि घटनास्थलतिर पुगेकाे थियाे ।











