
पर्सा / पर्साको पोखरिया नगरपालिकामा बुवाले प्रहार गरेको छुरा लागि ३५ बर्षिय छोराको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नं. ६ श्रीसियाका स्थानिय ७० बर्षिय बुवा लक्ष्मी साहले प्रहार गरेको छुरा लागि ३५ बर्षिय छोरा माधो साहको ज्यान गएको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गर्ने लक्ष्मी साहलाइ इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्द कुमार सिहले बताए । छुरा प्रहारबाट गम्भिर घाइते भएका माधोलाई उपचारको लागि वीरगन्ज ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक सिहले बताए ।