बझाङ / बझाङकाे जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
गए रातिकाे चट्याङ लागेर मृत्यु हुनेमा ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको रहेकाे बझाङ प्रहरीले जनाएको छ ।
त्यस्तै चट्याङ लागेर घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धीरेन्द्रबहादुर सिंह, उहाँकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, उहाँको छोरा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेका छन्।
प्रहरी स्राेतकाअनुसार चट्याङ लागेर घाइते हुनेमा एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्वर्गीय सिंहको शव परीक्षणका लागि जिल्ला पु¥याउने तयारी भइरहेको जनाएको छ ।











