कैलाली / कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकमा स्काभेटर र स्कुटर एक आपसमा ठाेक्किदा दुई जना घाइते भएका छन् ।
ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइते हुनेमा स्कुटर चालक र स्कुटर पछाडी सवार धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका मनोज बम र गौरीगङ्गा नगरपालिका १ गोब्काका अनिश चन्द रहेका छन् । घाइते दुबैको पदमा अस्पताल अत्तरियामा उपचार भैरहेको प्रहरीले जनाएको छ।
आज सनिवार चौमालाबाट धनगढी आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प २३३६ नम्बरको स्कुटर र सुदूरपश्चिम प्रदेश ००१ क ४११७ को स्काभेटरसँग ठाेक्किएकाे हाे ।
प्रहरी स्राेतका अनुसार स्काभेटर चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।











