बझाङ / बझाङ जिल्लाकाे सदरमुकाम चैनपुर बजारमा रहेको एक सिलाई कटाइ सेन्टरमा आगलागी भएकाे छ ।
बझाङ प्रहरीकाअनुसार गएराती ११ बजेकाे समयमा जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सर्जन थापाको चैनपुर चौराहा नजिकै रहेकाे सिलाई सेन्टरमा आगलागी भएकाे हाे ।
अचानक बिद्युतको तार सर्ट भइ आगलागि हुँदा पसल र घर भित्र रहेका सम्पुर्ण सर(सामानहरु पुर्ण रुपमा जली नष्ट भएकाे प्रहरी स्राेतले जनाएको छ ।
आगलागि राती नै जयपृथ्वी नगरपालिकाको दमकल,प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आइसकेको छ । घटनाकाे थप विवरण आउन बाकि प्रहरीकाे भनाइ छ ।











