
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सरकारले सिफारिस गरेको छ ।
एक मन्त्रीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई नियुक्त गर्नेछिन् ।