कैलाली /कैलालीको गोदावरी नगरपालिका–४ को हाटखोलीमा आज (बुधवार) टुइन्च मोटर बम फेला परेको छ।
कैलाली प्रहरीका अनुसार नेपाली सेनाले प्रयोग गर्ने टुइन्च मोटर बम फेला परेको छ ।स्थानीयले हाटखोलीस्थित खोलामा टुइन्च मोटर बम देखेपछि प्रहरीलाई खबर गरेका थियाे ।
प्रहरीले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली मगाइ टोलीले बमलाई डिस्पोज गरिसकिएको छ । हाटखोली क्षेत्रमा नेपाली सेनाले तालिम अभ्यास गर्ने क्रममा करिब एक महिना अगाडी बम हराएको र आज फेला परेको बम त्यही हुनसक्ने अनुमान गरिएको छ।











