युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, । बाजुराको बुढीगङ्गा नगरपालिका –८ मोटाबाडामा अस्थायी रुपमा बसोबास गर्दै आउनभएकी रङ्गी नेपालीले नागरिकता नपाउँदा सरकारी सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ । उमेरले झण्डै ८० वर्ष भन्दाबढी पुगेकी नेपालीले अहिलेसम्म कतैबाट नेपाली नागरिकता नपाउँदा उहाँ सरकारबाट प्राप्त हुने विभिन्न सेवा सुविधाबाट वञ्चित हुनुभएको हो ।

उसो त उहाँ एकल हुनुभएको पनि झण्डै २५ वर्ष भयो । एकल महिलाले पाउने एकल भक्ता पनि अहिलेसम्म उहाँले कुनै ठाउँबाट पाउनु भएको छैन । आफूसँग नागरिकता नभएकै कारण कतैबाट पनि केही सहयोग नपाएको बूढीगङ्गा नगरपालिका–८ मोटाबाडामा अस्थायीरुपमा बसोवास गर्दै आउनुभएकी रङ्गी नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो श्रीमानको मृत्यु भएको २५ वर्ष भयो । म त्यो बेला देखि अहिलेसम्म एकल छु । तर पनि मैले एकल हुँदा पाउनु पर्ने सेवा सुविधा कतैबाट नमिलेपछि आफू नेपाली नै नभएको महसुस भएको छ । मेरो उमेर नै ८० वर्षभयो । म एकल भएको पनि २५ वर्ष भयो ।”

तर आफूले पाउनुपर्ने विभिन्न किसिमका सेवा सुविधाबाट भने मैले लामो समयदेखि अहिलेसम्म वञ्चित हुँदै आउनु परेको नेपालीले बताउनुभयो ।

खप्तड छेडेदह गाउँपालिकाको –४ सिलाना माइती घर भएकी नेपालीले डोटीको एक नेपालीसँग विवाह गरेर बुढीगङ्गा नगरपालिका –७ को बड्डेलीचौरमा बस्नु भएको थियो। त्यसै ठाउँमा बसोबास गर्दै गर्दा उहाँका श्रीमानको मृत्यु भएपछि उहाँ अहिले बुढीगङ्गा नगरपालिका– ८ मोटाबाडामा कान्छी छोरीको घरमा सहारा लिएर बस्नुभएको छ ।

माइतीको चाहिने सबै प्रमाण र अहिले बसोबास गर्दै आएको ठाउँको सबै कागजात मिलाएर मार्तडी नागरिकता बनाउँन जाँदा पनि त्यहाँ प्रक्रिया नमिलेको भन्दै मलाई नागरिकता नदिएको नेपालीले दुखेसो पोख्नुभयो ।

उहाँको श्रीमान पहिलादेखि नै डोटीबाट बाजुरा आएर बसोबास गर्दै गरेकोले अहिले उहाँलाई न डोटीको बारेमा थाहा छ, न उहाँका श्रीमानको कुनै ठेगाना थाहा छ । श्रीमानको नागरिकता नभएकै कारण अहिले उहाँलाई पनि नागरिकता बनाउन समस्या भएको बुढीगङ्गा नगरपालिकाल–८ का वडा अध्यक्ष रमेश रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँका श्रीमानको पुर्खेउली घर डोटी भएकोले यता सनाखत रहने कोही नभएपछि यताबाट नागरिकता बनाउँन निकै समस्या भएको हो ।”

उहाँको पोईली घरमा डोटी र माइती घर खप्तड छेडेदह गाउँपालिकाको लिसाना भएकोले उहाँलाई यताबाट नागरिकताका लागि सिफारिस गर्न नगसेको रावलले बताउनुभयो।

बाजुराबाट डोटी जिल्लाको मानिस सँग बिवाह गरेर गइसेकोले उहाँलाई डोटीबाट नै नागरिकता बनाउँन सहज हुने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।

यता डोटीको मान्छे लामो समय देखि बाजुरामै बसोबास गरेको छ भने यताबाट बसाँइ सराइँको कागज लिएर बाजुरामा नै नागरिकता बनाउँन सकिने डोटी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय