
धनगढी / सुदूरपश्चिम प्रदेशमा सुरुवाती समयमा कोरोना भाईरस संक्रमण परिक्षण केन्द्रको स्थापना भएको एक मात्र सेती प्रादेशिक अस्पतालमा हाल १९ जना स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टी भएको छ ।
सोमबार उक्त अस्पतालमा कार्यरत थप दुईजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि संगै संक्रिमित हुने स्वास्थ्यकर्मिको संख्या १९ पुगेका हो ।
सोमबार २९ बर्षीया महिला र ३९ बर्षीय पुरुष स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको श्रोतले जानकारी दिएको छ ।