सिलगढी / डाेटीकाे एक विद्यालयमा विद्यार्थीहरू बीच लफडा भएकाे छ ।
जिल्लाकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ३ अबस्थित दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीहरू बीच झडप हुँदा एक जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
आज ( मंगलबार ) साढे ११ बजेकाे समयमा कडायत गाउँका बिरु कडायतका छोरा १३ वर्षीय योगेन्द्र कडायत र मैना बोहराका छाेरा करिव १३/१४ वर्षीय रवि बोहरा बिच कक्षा कोठामा झगडा हुँदा याेगेन्द्र घाइते भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
दुबै बीच झगडा हुँदा योगेन्द्र कडायतको टाउको र छातीमा भित्री चोट लागेकाले जिल्ला अस्पताल, डोटीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धनगढी तर्फ रेफर गरिएकाे प्रहरीकाे भनाइ छ ।











