युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

दिल बहादुर सिह , डोटी
डोटीको सायल गाउँपालिका – ३ बेटारागाउँ सम्म सडक यातायात र बेटारादेखि भेल्छणा सम्म पैदल मार्ग निर्माण भए सँगै भेल्छणा झरना अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज भएको छ ।
खप्तड प्रवेशद्धारका रुपमा रहेको झिग्राना देखि करिव १४ किलोमिटर कच्ची सडकमा गाडीको यात्रा मार्फत सायल गाउँपालिकाको बेटारा गाँउ पुग्न सकिन्छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा झिग्राना देखि बेटारा सम्मको सडक निर्माण भएको हो । नेपाल पर्यटन बोर्ड र सायल गाउँपालिकाको संयुक्त लगानीमा बेटारा देखि भेल्छणा झरना सम्म पैदल मार्ग निर्माण गरिएको छ ।
झिग्राना देखि बेटारा गाँउ सम्म १ घण्टा ३० मिनेटको गाडीको यात्रा र बेटारा गाँउ देखि २ घण्टा ३० मिनेटको पैदल यात्रा पछि भेल्छणा झरना सम्म पुग्न सकिन्छ । स

डक यातायातको पहुँचसँगै भेल्छणा झरनालाई पर्यटकीय हिसावले विकास गर्न, सहज बसोबास लगायत भेल्छणा हुँदै खप्तड सम्मको पैदल मार्ग निर्माण कार्यका लागि गाउँपालिकाले पहल गरिरहेको सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बताउनुभयो ।
सायल गाउँपालिकाको बिच भाग भएर बग्ने सायली गाडको सिरानमा भेल्छणा झरना रहेको छ ।

नेपाल पर्यटन बोर्ड सँगको सहयोगमा गाउँपालिका द्धारा बेटारा धनेछणा देखि भेल्छणा सम्मको पैदल मार्ग निर्माण गरिएको छ ।
नेपाल पर्यटन बोर्डको सहयोगमा गाउँपालिकाद्धारा बेटारा धनेछणा देखि भेल्छणा सम्म निर्माण गरिएको पैदल मार्ग निर्माण गरिएको छ ।

बेटारा देखि भेल्छणा सम्मको पैदल मार्गमा निर्माण सँगै आवश्यक जानकारी मुलक बोर्डहरु राख्ने कार्य भइरहेको सायल गाउँपालिका वडा नं. ३ का अध्यक्ष नवराज उपाध्यायले बताउनुभयो । हिउँदमा झरनामा केही पानि कम हुने भए पनि बर्षा याममा झरनामा पानी पनि धेरै हुने र अझै सुन्दर पनि देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय