धनगढी / धनगढीको शिवपुरी सामुदायीक बनमा स्थापना गरिएको घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्रमा सोमबार अजिंगर राखिएको छ ।
धनगढी उप–महानगरपालिका वडा नं ४ मा रहेकोका उक्त आरक्षण केन्द्रमा यस अघि एक वटा रतुवा र एक वटा चित्तललाई राखिएको थियो । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्र स्थापना गरिएको नगरप्रमुख वडले बताए ।
घाईते जंगली जनाबरहरुको उपचार समेत गरिने केन्द्रको रुपमा उक्त क्षेत्रलाई विकास गर्ने योजना रहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
सव डिभिजन कार्यालय धनगढीका प्रमुख रामअवतार चौधरी, शिवपुरी सामुदायीक बनका अध्यक्ष बुद्धी खड्काको रोहबरमा उपमहानगरपालिकाका नगरप्रमुख नृप वहादुर वडले उक्त क्षेत्रमा अजिंगर राखेका हुन् ।