कञ्चनपुर/ कञ्चनपुरको बेदकोट नगरपालिका-१ अबस्थित
एक घरमा आगलागी भएको छ।
जिल्लाकाे हात्तिथला प्रताप ऐरको जस्ता पाताले छाएको घरमा कुडो पकाउन बालेको आगोबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट घर भित्र रहेको अन्न, लत्ताकपडा, भाँडाकुडा र पराल जली अन्दाजी ८५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीलाई प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएकाे थियाे । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











