युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी, चैत ४ गते । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानको सुरु गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्जको अगुवाइमा खप्तड घुम्न आउने पर्यटकलगायतलाई निकुञ्ज क्षेत्रमा जथाभाबी प्लास्टिक नफाल्न सचेत गराइएको छ ।

प्लास्टिकजन्य वस्तुको प्रयोगबाट हुने हानि र क्षतिबारे सचेत गराउँदै प्लास्टिकरहित क्षेत्र बनाउने अभियान चलाइएको बताइएको छ । खप्तड राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले निकुञ्ज क्षेत्रमा घुम्न आउने पर्यटकले प्रयोग गरेको प्लास्टिक जथाभाबी फ्याँकेर जाँदा पाटनक्षेत्र प्रदूषित हुनका साथै वन्यजन्तुले खाने गरेको बताउनुभयो । प्लास्टिक खाएर वन्यजन्तुको मृत्यु हुँदा निकुञ्ज क्षेत्रलाई क्षति पुग्ने भन्दै उहाँले खप्तड क्षेत्रलाई प्लास्टिकरहित क्षेत्र बनाउन लागिएको उहाँले स्पष्ट पार्नुभयो । ‘निकुञ्ज आरक्ष क्षेत्र भन्नेबित्तिकै प्राकृतिक वातावरणले अति सफा र सुन्दर हुनु पर्छ भन्ने मान्यता रहेको छ ।

उहाँले भन्नुभयो, ‘‘अब निकुञ्ज क्षेत्रमा प्लास्टिकजन्य सामग्रीको प्रयोग हुन नदिन कडाइका साथ काम गर्ने योजना बनाएका छौँ । प्लास्टिकजन्य वस्तु देख्नेबित्तिकै डस्टबिनमा राखिहाल्न सबैलाई आग्रह पनि गर्दै आएका छौँ ।’ प्राकृतिक दृष्टिकोणले सुन्दर खप्तड क्षेत्रलाई भू–स्वर्गको उपमा दिइएको छ । खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकले प्रयोग गरेर प्लास्टिक जथाभावी फ्याँक्दा निकुञ्जको सौन्दर्यका साथै वन्यजन्तुमा समेत असर पर्ने देखिन्छ ।

खप्तड क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्न थालेसँगै निकुञ्जको सौन्दर्यमा ह्रास आउन नदिन सरसफाइमा सबैको हातेमालो आवश्यक रहेको पर्यटन व्यवसायीको भनाइ छ । ‘प्राकृतिक सौन्दर्यलाई कायमै राख्न जनचेतना फैलाउन जरुरी छ’ डोटीको झिग्रानामा रहेको खप्तड होमस्टेका सञ्चालनक तथा पर्यटन व्यवसायी दीपक खड्काले भन्नुभयो, “खप्तडको सौन्दर्यलाई कायमै राखेर वन्यजन्तुको पनि संरक्षण र पर्यटन प्रवर्धनमा सहयोग पु¥याउँदै खप्तड क्षेत्रलाई प्लास्टिकरहित क्षेत्रका रूपमा विकास गर्नु पर्छ । यसमा सबै क्षेत्रले सहयोग गर्नु पर्छ ।”

खप्तडमा बर्सेनि घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनाको अवधिमा ८८३ जना पर्यटकले खप्तडको भ्रमण गरेका छन् । आव २०७९/८० मा दुई हजार ८९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका छन् । यस्तै, आव २०७८/७९ मा दुई हजार २०९ र आव २०७७/७८ मा एक हजार ६८८ जना पर्यटकले खप्तडको भ्रमण गरेका छन् ।  गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय