काठमाण्डौ / भाद्र २९ गते देखी लागु हुने गरी बिमा समितिले कोरोना बिमा सम्बन्धी नयाँ मापडण्ड ल्याएको छ । उक्त मापडण्ड अनुसार एक लाखको बिमा गरेका व्यक्तिलाई कोरोना संक्रमण देखिएमा २५ हजार रुपैयाँ मात्र पाउने भएका छन् ।
सोमबारबाट समितिले नयाँ बीमितहरुलाई लागू हुने गरी नयाँ मापदण्ड ल्याएको हो । कोरोना संक्रमण पुष्टि भए २५ हजार रुपैयाँमात्रै पाउने भनिएता पनि बीमा गरेको व्यक्ति अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल भर्पाई पेश गरेर थप ७५ हजार रुपैयाँ पाउन सक्ने छन् ।
तर संक्रमण पुष्टी भएका बिमितले होमआईसोलेसनमा बसेमा भने २५ हजार रुपैयाँ मात्र पाउने छन् । थप ७५ हजार प्राप्त गर्नका लागी बीमित संक्रमित अस्पताल भर्ना हुनु भए पछि भएको खर्चका विलभरपाईलाई चिकित्सकले प्रमाणित गर्नु पर्नेछ ।