युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, । बाजुराको सेरा–आँटीचौर सडक अन्तर्गत पर्ने बल्दे–धुरालसैन सडक निर्माणमा ढिलाइ भएको छ ।  सडक निर्माणको जिम्मा लिएको जयदेवी एसएस निर्माण सेवा प्रालिको लापरबाहीका कारण सडक निर्माणको काममा ढिलाइ भएको हो । २०७९ साल चैत मसान्तसम्ममा काम पूरा गर्ने गरी २०७७ साल असारमा निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । बल्देदेखि धुरालसैनसम्मको पाँच किलोमिटर छ सय मिटर सडक निर्माणको जिम्मा जयदेवी एसएसले लिएको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।

सेरा–आँटीचौर सडक निर्माणको समेत जिम्मेवारी लिएको सो ठेकेदार कम्पनीले, समयमै काम पूरा नगरेपछि अहिले सो सडकमा स्थानीयलाई आउजाउ गर्न निकै सास्ती भएको छ । सडक स्तरोन्नति नहुँदा ब्रह्मतोला, कुँडी, डुग्री, आँटीचौर र डोगडीका स्थानीयलाई हिउँद तथा बर्खामा आउजाउ गर्न सास्ती भएको बुढीगङ्गा नगरपालिका–२ का स्थानीय बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि सडक स्तरोन्नति नहुँदा स्थानीयवासीलाई बर्खाको समयमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या हुने गरेको छ ।”

आर्थिक वर्ष २०६५/६६ मा सडक डिभिजन कार्यालय अछामले सेरा–आँटीचौरसम्मको कच्ची सडकको निर्माण पूरा गरेपछि छोटो दुरीका सवारीसाधन सञ्चालनमा आएका थिए । यो सडकले बुढीगङ्गा नगरपालिका–२ को बल्देदेखि खप्तड छेडेदह गाउँपालिकाको आँटीचौर, डोगडी हुँदै बझाङ जिल्ला छोएको छ । पहिला कच्ची सडकमा लगातार चलिरहने गाडी अहिले ठाउँ ठाउँमा रोकिँदै आउने गरेका छन् ।

डोगडीदेखि आँटीचौरलगायतका स्थानीय सोही सडकबाट दैनिक कामकाजका लागि साँफे–मार्तडीलगायतका विभिन्न ठाउँमा आउजाउ गर्ने गरेका छन् ।

ठेकेदारको लापरबाहीले सेरा–आँटीचौर सडक कालोपत्रेको काममा पनि निकै ढिलाइ भएको छ । यहाँका स्थानीयवासीलाई आउजाउमा निकै समस्या र कष्टकर हुने गरेको खप्तड छेडेदह गाउँपालिका स्थानीय हर्कबहादुर बुढाले बताउनुभयो ।

प्रदेश र सङ्घीय सरकारले गाउँको विकास छिटो गर्ने गरेर स्थानीयलाई उपलब्ध गर्दै आएका अधिकांश योजना ठेकेदारको लापरबाहीका कारण यसरी नै अलपत्र पर्ने गरेका छन् । कोरोनाका कारण सामान महँगो हुँदा सडक निर्माणको काममा ढिलाइ भएको निर्माण कम्पनी जयदेवी एसएस प्रालिका प्रतिनिधि वीरेन्द्र शाहीले बताउनुभयो ।गोरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय