बाजुरा / बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–९ कि एक गर्भवती महिलाकाे हेलिकोप्टरबाट उद्धार गरिएको छ।
शुक्रवार विहान मार्तडीकी २१ वर्षीया सम्झना सुनारको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार शल्यक्रिया गरेर प्रसुती गराउनुपर्ने र उनी मुटु रोग सम्बन्धी पनि बिरामी भएकाले जिल्ला अस्पतालमा उपचार सम्भव नहुँदा सुर्खेत पठाइएको छ ।
बाजुराबाट बिहीवार पनि थप एक सुत्केरीको हेलिकोप्टरबाटै उद्धार गरिएको थियो।











