धनगढीः कैलालीको टीकापुर नगरपालिका-१ अबस्थित एक घरमा ग्याँस बन्द गर्ने क्रममा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार मंगलवार साँझ
साेही ठाउँ ब्लक नम्बर-९ स्थित आशिष बजगाईको भान्सा कोठामा चिया पकाई ग्याँस बन्द गर्ने क्रममा आगलागी भएको हो।
उक्त आगलागीबाट भान्साकोठा भित्र रहेका फ्रीज, पङ्खा, किचन र्याक, ग्याँस चुलो, सोफा सेट, एलइडी टिभी लगायतका सम्पूर्ण सरसामान गरी अन्दाजी ४ लाख बराबरको धनमालकाे क्षति भएकाे कैलाली प्रहरीकाे भनाइ छ ।
आगलागीलाई प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियाे । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीकाे भनाइ छ ।











