मनमाेहन ठकुल्ला, डाेटी,
डाेटीमा पहिलाे पटक परिक्षणकाे रूपमा हाडे ओखरका बाेटहरूमा टप ओर्किङ गरिएकाे छ ।
साेमबार कृषि ज्ञान केन्द्र डाेटीद्वारा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ अबस्थित माथिल्लो उडिताेलामा किसानले लगाएका हाडे ओखरका साना बाेटमा कलमी तथा ठूला बाेटहरूमा दाँते ओखर बनाउन टप ओर्किङ गरिएकाे हाे ।
कृषि ज्ञान केन्द्र डाेटीका निमित्त प्रमुख गंगा दत्त अवस्थीसहितकाे टाेलि गएर ओखरका बाेटहरूमा कलमी तथा टप ओर्किङ गरिएकाे छ ।
निमित्त प्रमुख अवस्थीका अनुसार हाडे ओखरका बाेटहरूलाई दाँते ओखर बनाउन जिल्लामा पहिलाे पटक दक्ष तालिम प्राप्त सहवजकर्ताद्वारा टप ओर्किङ गरिएकाे बताउनु भयाे । उहाँ भन्नुभयो, ” पालुवा आउनु भन्दा१/२ हप्ता अगाडि कलमी तथा टपओर्किङ गर्दा लाग्ने सम्भावना ६०/७० प्रतिशत रहन्छ।” ठूलाे रूखकाे बाेक्रा र सानाे बाेटकाे क्याम्बियम गर्दा बढी प्रभावकारी हुने बताउनु भयाे ।
प्रमुख अवस्थिले भन्नुभयो, ” भाेलि ( मंगलबार ) सायल र आदर्श गाउँपालिकामा कलमी तथा टप ओर्किङ गरिने बताउनु भएकाे छ ।” त्यस्तै जिल्लाकाे जाेरायल गाउँपालिकामा गरिने बताउनु भयाे ।
त्यस्तै निमित्त प्रमुखको टाेलीले उक्त क्षेत्रमा एक स्थानीय कृषककाे प्याज र लसुन खेती अनुगमन गरिएकाे छ ।











