युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित जाखोर ताललाई प्राकृतिक स्वरूपमै संरक्षण गरिएको छ । देवहरिया वनस्पति उद्यानस्थित सो तालमा ढाकिएको मिचाहा प्रजाति जलकुम्भी हटाइएको छ ।

जाखोर तालमा नियमित सरसफाइ नहुँदा कुरूप बन्दै गएको थियो । सुक्खा नलाग्दै पानी सुकेर बगर जस्तो बन्ने समस्या थियो । मिचाहा प्रजाति जलकुम्भी सफा गरिएपछि विभिन्न प्रजातिका जलीय वनस्पतिसहित चराको उपस्थिति बढेको देवहरिया वनस्पति उद्यानले जानकारी दिएको छ ।

जाखोर तालले पर्यावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइएको छ । वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गङ्गादत्त भट्टका अनुसार यो तालमा फूल फुल्ने वनस्पतिका आदिम प्रजाति पाइने गरेका छन् । जाखोर तालमा सेतो कमल (निम्फिया लोटस) र निलो कमल (निम्फिया नौचाली) पाइने गरेको छ । यी दुई प्रजातिका कमल कैलालीको ठुला ताल घोडाघोडी र महादेवामा समेत पाइँदैन । जाखोर तालमा सेतो र निलोसहित ठुलो फूल फुल्ने कमल गरी तीन प्रकारका कमल पाइने गरेको छ । ठुलो पात र फूल फुल्ने प्रजातिको कमल घोडाघोडी, महादेवासहित जिल्लाका अन्य तालमा पनि पाइने गरेको छ ।

पर्यावरणीय सन्तुलनका लागि अति महत्त्वपूर्ण थुप्रै जलीय वनस्पतिसहित अति दुर्लभ जङ्गली धान (ओराइजा रुफिपोगन) पनि जाखोर तालमा पाइने गरेको छ । तालमा पाइने रैथाने जलीय वनस्पतिका कारण जाखोर ताल विभिन्न प्रजातिका चराका लागि महत्त्वपूर्ण गन्तव्य बनेको चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो । जलीय वनस्पतिमा चराले आहारविहार र प्रजनन गर्ने गरेको उहाँको भनाइ छ । तालमा रहेको सेतो फूल फुल्ने वनस्पति चराका लागि अझ महत्त्वपूर्ण भएको बताइन्छ ।

पछिल्लो समय नेपालमा सङ्कटापन्न सूचीमा रहेको नकटा चरा जाखोर तालमा देखा पर्न थालेका छन् । केही दिनअघि चरा अवलोकनका क्रममा सो तालमा नकटासहित १४ प्रजातिका जलपन्छी अभिलेख गरिएको थियो । जाखोर ताल जैविक विविधता संरक्षणका लागि उत्कृष्ट र अति महत्त्वपूर्ण रहेको भारतको दुधुवा नेसनल पार्कका चरासम्बन्धी अध्येता विक्रम तिवारीले जानकारी दिनुभयो ।

जाखोर ताललगायत मुर्खुट्टा, मुर्खुट्टी तालको संरक्षण र व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेर जैविक विविधताको संक्षण र पर्यापर्यटनको विकासमा अघि बढ्नुपर्ने बताइन्छ । तालको संरक्षण, पर्यापर्यटन, अध्ययन, अनुसन्धानका लागि गुरुयोजना बनाउने तयारी भइरहेको र जाखोर तालमा चरा अवलोकन केन्द्र पनि बनाइने तयारी रहेको बताइन्छ ।
गोरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय