कैलाली /कैलालीको गाेदावरी नगरपालिका अत्तरिया चोकमा क्रेनको ठक्करबाट एक युवती गम्भीर घाइते भएकी छन्।
लु १ क ३७०२ नम्बरको क्रेनकाे ठक्करबाट घाइते हुनेमा गोदावरी नगरपालिका – २ की अमृता मल्ल रहेकी
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
क्रेनको ठक्करबाट गम्भिर घाइते युवतीको उपचारका लागि अत्तरिया अस्पतालमा पठाइएको छ ।
क्रेन र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











