मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा एकल महिलाकाे जिविकाेपार्जन उकास्ने उद्देश्यले एक महिलालाई अटाे वितरण गरेकाे छ ।
सम विकास केन्द्र ( इडिसी) डाेटीकाे आयाेजनामा बुधबार जिल्लाकाे मुख्य व्यापारीक केन्द्र दिपायलमा “समतामूलक समाजकाे निर्माण, हाम्रो अभियान” भन्ने मुल नाराकासाथ समान कामकाे समान ज्याला र श्रम अधिकार सम्बन्धी बजारमा दबाबमूलक र्याली निकाले पश्चात् काेण सभा कार्यक्रम गरी एकल महिलालाई एक अटाे हस्तान्तरण गरेकाे हाे ।
४ लाख सम विकास केन्द्र ( इडिसी) तथा एक्शनएड नेपाल र २ लाख दिपायल सिलगढी नगरपालिका गरी ६ लाखकाे संयुक्त लगानीमा नगरपालिकाकाे वडा नम्बर ७ घर भइ विगत १४ वर्षदेखि नगरपालिकाकाे वडा नम्बर ४ राजपुर माइतीघरमा बसाेबास गर्दै आएकी धनसरा आउजीलाई अटाे हस्तान्तरण गरेकाे छ ।
माइतीघरमा विगतका वर्षदेखि ४ वटा छाेरा र एउटी आमालाई पाल्दै आएकी धनसरालाई महिला दिवसरकाे अवसर पारी
जिविकाेपार्जन तथा क्षमता विकासकाे लागि एक महिने अटाे चालक तालिम दिएर संयुक्त लगानीमा अटाे दिइएको संस्थाले जानकारी दिएकाे छ ।
अटाे हस्तान्तरण पश्चात् धनसराले खुसी व्यक्त गर्दै भनिन्, ” जसरी मैले गरेर खाउला भन्ने हिम्मत गरेकाे छु, त्यसरी अन्य दिदीबहिनीहरू अगाडि बढ्नु भन्ने अनुराेध गर्दछु ।”
दिपायल सिलगढी नगरपालिका नगरप्रमुख बाजि सिं खड्काले नारी दिवसकाे पूर्वसन्ध्यामा अटाे ग्रहण गर्ने धनसरालाई बधाई ज्ञापन गर्नु भएकाे छ । खड्काले कार्यक्रममा बाेल्दै भन्नुभयो, ” तपाईलाईले याे अटाेबाट आफ्नाे सम्पूर्ण घर व्यवस्था बनाउन सफल रहनु हाेला शुभकामना !”
साथै महिलाकाे हकअधिकारकाे लागि नगरपालिकामा न्यायिक समिति रहेकाे नगर प्रमुख खड्काले बताउनु भएकाे छ । महिलाहरूले आफ्ना समस्या पहिचान गरेर नगरलाई गुहार माग्न आवश्यक रहेकाे उहाँले बताउनु भयाे । महिला तथा श्रम शोषण, बाल श्रम, बाल विवाह सबै कुराहरू मानविय हितका लागि भएकाले संस्थाले एउटा बहस कार्यक्रम अगाडि बढाइरहेकाले संस्था परिवारलाई खड्काले धन्यवाद दिनुभएकाे छ ।
संस्थाले विगतदेखि महिला तथा श्रमिक महिलाका सवाल, महिलाकाे सुरक्षा, ज्यालादरका विषयमा काम गर्दै आएकाे सम विकास केन्द्र डाेटीका अध्यक्ष केशव परियारले बताउनु भयाे । उहाँले भन्नुभयो, ” कसरी ज्यालामा समानता ल्याउन सकिन्छ , उक्त विषयमा सार्वजनिक पदधारण गरेका सराेकारवाला व्यक्तिहरूले चाँसाे राख्न आवश्यक देखिन्छ ।” विगतका वर्ष जस्तै संस्थाले भविष्यमा पनि महिलाकाे हकहितकाे लागि सवाल उठाउदै जाने अध्यक्ष परियारले बताउनु भयाे ।
उक्त कार्यक्रम सञ्चालन संस्थाकी परियाेजना अधिकृत रमा भण्डारीले गर्नु भएकाे थियाे । कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, संस्थाद्वारा निर्मित विभिन्न समूहका महिलाहरूकाे बाक्लो उपस्थिति रहेकाे थियाे ।
त्यस्तै संस्थाकाअनुसार भाेलि ( विहिबार ) शिखर नगरपालिकामा अटाे वितरण कार्यक्रम रहेकाे छ ।











