किरण धामी / डोटी जिल्लामा सोमबार थप ८ जनामा कोरोना भाईसरको संक्रमण पुष्टि भएसंगै जिल्लामा कोरोना संक्रमित हुनेहरुको संख्या एक हजार नजिक पुगेको छ ।
सुदूरपश्चिम प्रदेशभरमा सबै भन्दा बढी कोरोना संक्रमित कैलाली जिल्लामा देखिएको भए पनि पहाडी जिल्लामा यति धेरै संख्यामा डोटीमा समेत कोरोनाका संक्रमितहरु भएका छन् । सोमबार जिल्लामा पुष्टी भएका संक्रमित संगै संक्रमण हुनेको संख्या ९ सय ७५ पुगेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
हाल सम्म जिल्ला भरमा संक्रमण पुष्टी भएका मध्ये ९ सय २८ जना कोरोनालाई जितेर घर फर्किका छन् भने ४७ जना अझै आईसोलेसनमा रहेका छन् । स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार सोमबार जिललाको केआईसिंह गाँउपालिकाका ६ महिने बालक सहित ४ बालबालिकामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै सोहि गाँउपालिकाकी एक महिला र ३ पुरुष गरि ८ जनामा कोरोना संक्रमण देखिएको हो ।