कैलालीः कैलालीबाट एकै दिन ६ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार सोमवार पक्राउ पर्नेमा चेक अनादर मुद्दामा रु.१,०००/– जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–२ बस्ने बिष्णु माया पुजारा, बन्य जन्तुको छाला ओसार पोसार मुद्दामा रु.१०,०००/– जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका –४ बस्ने गगन देव पण्डित, गाली बेईज्जती मुद्दामा रु.२५०/– जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–५ बस्ने नारायण चौधरी, गाली बेईज्जती मुद्दामा रु.२५०/– जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–५ बस्ने कृष्ण चौधरी, सवारी ज्यान मुद्दामा १० दिन कैद सजाय र रु.२,०००/– जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१६ बस्ने राजेश राना,वाल यौन दुरुपयोग मुद्दामा १८ दिन कैद सजाय र रु.५००/– जरिवाना ठहर भएका गोदावरी नगरपालिका–५ बस्ने नव राज भट्ट रहेका छन्।
उनीहरूलाई जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेकाे थियाे । उक्त समयदेखि फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।











