दार्चुलाः दार्चुलामा श्रीमतीलाई भेट्न ससुराली पुगेका एक जना सशस्त्र प्रहरीका हवल्दार मृत फेला परेका छन्।
मृत फेला पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–३ तोलिगाउँका सुरेन्द्रबहादुर बोहरा रहेकाे दार्चुला प्रहरीले जनाएको छ ।
कञ्चपुरको बह्रमदेवमा कार्यरत प्रहरी हवल्दार बोहरा बिदामा दार्चुला पुगेका थिए। उनी ससुराली घर नजिकै दार्चुलाको अपिहिमाल गाउँपालिका–२ मा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मृतक बोहराकी श्रीमती गाउँपालिका स्वास्थ्यमा कार्यरत छन्।











